७ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसियाबाट ३१ हजार नेपाली श्रमिकको माग

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७६, मंगलवार ०८:५५

काठमाडौं । मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ । मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २०१ जना नेपाली कामदार माग गरेको हो । मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।