११ बैशाख २०८१, मंगलवार
Follow Us

मन्त्री शाहीलाई जनसम्पर्क समिति बेलायतको सम्मान

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार १५:०५

लन्डन । वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीलाई नेपाली जनसम्पर्क समिति वेलायतले सम्मान गरेको छ। समितिका कार्यवाहक सभापति युवराज गुरुङको सभापतित्वमा आइतवार लन्डनस्थित नर्थोलमा आयोजित एक कार्यक्रमका बीच मन्त्री शाहीको सम्मान गरिएको हो ।

शेर सुनुवारले स्वागत मन्तब्य दिएको कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले नेपाली जनसम्पर्क समिति बेलायतको एकतामा जोड दिए । कार्यक्रममा विश्व पण्डित, शीवजी श्रेष्ठ,थर्क सेन, भोज गुरुङ, कुस बस्नेत, नेपाली कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा लगाएतले मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन राजकुमार त्रिपाठीले गरेका थिए ।

2

3

1