८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल २३ स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७६, मंगलवार ०९:२५

काठमाडौं । १३ दक्षिण एसियाली खेलकुदअन्तर्गत नेपालले २३ स्वर्ण पदक जित्दै पदक तालिकामा शीर्ष स्थानमा छ । तेस्रो दिन  नेपालले उसु, ट्राइथोलन र एथलेक्टिसमा आठवटा स्वर्ण पदक थपेपछि २३ स्वर्ण पदक पुगेको हो । उसुमा तीनवटा, ट्राइथोलन र एथलेक्टिसमा नेपालले एक एक स्वर्ण थपेको हो । नेपालले २३ स्वर्णसहित ९ वटा रजत र १२ वटा कास्य पदकसहित ४४ पदक जितेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा भारत छ । उसले १२ स्वर्ण, १२ रजत र ९ कास्य पदकसहित ३३ पदक जितेको छ । पदक तालिकाको तेस्रो स्थानमा श्रीलंका छ । उसले ५ स्वर्ण, १२ रजत र १८ कास्यसहित २५ पदक जितेको छ । चौथो स्थानमा बंगलादेश छ । उसले ३ स्वर्ण, २ रजत र १८ कास्यसहित २३ पदक जितेको छ ।

यस्तै पाकिस्तानले २ स्वर्ण, ४ रजत र ८ कास्यसहित १४ पदक जितेर पाँचौं स्थानमा छ भने माल्दिप्सल १ स्वर्णसहित छैटौं र भुटानले एउटा मात्र कास्य पदक जितेर पदक तालिकाको अन्तिम स्थानमा छ ।