१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कार्यकारीको पद पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक

sarusaru
१८ मंसिर २०७६, बुधबार ०३:०२

समासायिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउनु भएको हो । बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको हो ।

बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहनु भएकाले बैठकको अध्यक्षता प्रचण्डले गर्नुहुने छ । मङ्सिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बस्न लागेको हो ।

यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा उपचार गर्न गएका बेला प्रचण्डले सचिवालयको बैठक बोलाउनु भएको थियो । जसले केन्द्रिय समितीमा चार जना थप गरेको थियो ।