१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालको स्वर्ण पदक सङ्ख्या २८

sarusaru
१८ मंसिर २०७६, बुधबार १०:४८

काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सङ्गीता बस्यालले स्वर्ण पदक जितेकी छिन् । बुधबार सातदोबाटोस्थित कभर्डहलमा भएको ६२ केजीमुनि तौलको प्रतिस्पर्धामा उनले गगनजोतलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या २८ पुगेको छ । नेपाल अहिलेसम्म पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । भारतले नेपाललाई पछ्याइरहेको छ । उसले २० स्वर्ण जित्दै दोस्रो स्थान कायम गरेको छ ।