११ बैशाख २०८१, मंगलवार
Follow Us

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७६, बुधबार ०४:०५

काठमाडौं । सशस्त्र प्रहरीमामा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलेको छ । ती पदहरूमा ठूलो संख्यामा दरखास्त माग गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले विज्ञापन जारी गरेको छ । प्रधान कार्यालय अन्तरगतको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो । जारी विज्ञापन अनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुष १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् । सम्पर्क मिति माघ १० गते तोकिएको छ ।