१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपनिर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन नेकपा सचिवालयको निर्देशन

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७६, बुधबार ०८:१३

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले मातहतको कमिटीलाई निर्देशन दिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा पठाउन माताहातको कमिटीलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । श्रेष्ठका अनुसार सो रिपोर्ट प्राप्त भएपछि अर्को सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ ।

सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रसन्नता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति र उपनिर्वाचनको विषयमा सचिवालय सदस्य संक्षिप्त जानकारी गराएका थिए ।

सचिवालयको अर्को बैठक २३ गते बस्नेछ, जुन बैठकले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने बारेमा निर्णय लिनसक्ने प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् । पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष भएपछि सचिवालय बैठक पहिलो पटक बसेको हो ।