४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल २९ स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७६, बुधबार ०८:१४

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज चौथो दिन नेपालले २९ स्वर्ण पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हिजो मंगलबार २३ वटा जितेको थियो । आज बुधबार २१ वटा स्वर्ण पदकको छिनोफानो हुँदा नेपालको भागमा ६ वटा प-र्यो । नेपालले २९ स्वर्ण, १५ रजत र २० कास्य पदकसहित ६४ पदक जितिसकेको छ ।

पदक तालिकाको दोस्रो स्थानमा भारत छ । उसले २३ स्वर्ण, १९ रजत र १२ कास्यसहित ५४ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ६ स्वर्ण, १६ कास्य र २८ रजतसहित ५० पदक जितेको छ । बंगलादेश चौथो स्थानमा छ । उसले ४ स्वर्ण, ४ रजत र २० कास्यसहित २८ पदक जितेको छ । पाँचौं स्थानमा रहेको पाकिस्तानले पनि ४ स्वर्ण, ११ रजत र १२ कास्यसहित २७ पदक जितेको ।

भुटानले अहिलेसम्म ३ कास्य पदक जितेको छ भने पदक तालिकाको पुच्छरमा रहेको माल्दिप्सले १ स्वर्ण पदक जितेको छ ।