१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्पेनको नेपाली दूतावासमा एनआरएनएको हेल्प डेस्क

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७६, बुधबार १९:१९

स्पेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए स्पेन ले यहाँको दूतावासमा हेल्फ डेस्क स्थापना गरेको छ । राजदूतावासको कामलाई सहजिकरण गर्न तथा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनको लागि हेल्फ डेस्क सञ्चालनमा ल्याएको हो ।

स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फुटि शेर्पाले आइतबार दुतावासमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमकाबीच पर्यटन प्रर्बद्धन कक्ष तथा हेल्प डेक्स हस्तान्तरण एनआरएनएलाई हस्तान्तरण गरेकी हुन्। दूतावाससँगको समझदारीपत्रमा स्पेनबासी नेपालीको तर्फबाट संघका अध्यक्ष दिनेश गुरुङ्ले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ्ग, आईसीसी सदस्य सुनिल रानाभाट, एनसीसी स्पेनका पदाधिकारी तथा सदस्यहरू र संघसंस्थाहरुका प्रतिनिधि लगायत नेपाली समुदायको उपस्थिति रहेको एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिए ।

कार्यक्रममा राजदूतलाई नेपाली समुदायले स्वागत गरेका थिए। उनले स्पेनवासी नेपालीजनलाई सम्बोधन गर्दै नेपाली जनसमुदायप्रतिको सकारात्मक सोच र योजनाहरूले आफू एकदम हर्षित भएको भन्दै राजदूतवासको हरेक योजना र कार्यहरूमा स्पेनवासी नेपालीहरूलाई साथ र सहयोगको लागि आह्वान गरेकी थिइन् ।