१५ चैत्र २०८०, बिहीबार
Follow Us

चीनको ग्वान्जौमा गैरआवासीय नेपालीद्वारा रक्तदान

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७६, बुधबार २१:०६

चीन । चीनको ग्वान्जौ सहरमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजना आइतबार रक्तदान शिविर सम्पन्न गरिएको हो ।

उक्त रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेको एनआरएनए चीनले जानकारी दिएको छ । जसमध्ये ७६ नेपाली र बाँकी चीनलगायत अन्य मुलुकका नागरिक थिए।

शिविरमा व्यवसायी तथा साउथ चाइना युनिभर्सिटी, ग्वान्जौं नानफाङ युनिभर्सिटी र सनयात्सेन युनिभर्सिटीका विद्यार्थीलगायतले रक्तदान गरेका थिए।

सोही कार्यक्रममा नेपालले आगामी वर्ष मनाउन गइरहेको भ्रमण वर्ष २०२० को पृष्ठभूमि तथा तयारी बारेमा सहभागीहरूलाई जानकारी गराउँदै नेपाल भम्रणको लागि निम्तो गरिएको थियो।