१२ बैशाख २०८१, बुधबार
Follow Us

नर्वेको भारतीय दूतावास अगाडि ‘गो व्याक इन्डिया’

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७६, बुधबार २१:०८

ओस्लो । गैरआवासीय नेपालीहरुले मंगलबार नर्वेमा भारतले नेपाली भूमि समेटेर विवादित नक्सा जारी गरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।

भारतको नयाँ राजनीतिक नक्सामा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने, भारतीय हेपाह प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका माग राखेर एनआरएनए आईसीसीको निर्देशन अनुसार ओस्लोस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको एनआरएनए नर्वेले जनाएको छ।

विरोध प्रदर्शनमा नर्वेमा रहेका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकारीले हातमा ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ ‘नेपाललाई गरिने हस्तक्षेप बन्द गर,’ ‘गो ब्याक इण्डिया’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले दूतावास अगाडि भारतका विरुद्धमा व्यापक नाराबाजी पनि गरेका थिए।

उनीहरुले दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापानपत्र पठाउने प्रयास गरेका थिए । तर, दूतावासले ज्ञापानपत्र लिन अस्विकार गरेको थियो ।