१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल लाइब्रेरी फाउण्डेसनको युरोप संयोजकमा शिवजी श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७६, बुधबार २१:२६

लन्डन । नेपाल लाइब्रेरी फाउण्डेसनको युरोप संयोजकमा शिवजी श्रेष्ठ चयन भएका छन् । श्रेष्ठलाई नेपाल लाइब्रेरी फाउण्डेसनको छैठौ बार्षिक साधारण सभाले सो पदको जिम्मेवारी दिएको हो ।

शिवजी श्रेष्ठले आफ्नै एबम बिभिन्न श्रोत तथा संयोजन गरी ओखलढुंगा, खोटांग, ईलाम तथा पोखरामा समेत गरि ७ वटा इ-लाइब्रेरी स्थापनामा भूमिका निभाइसकेका छन।

नेपाल लाइब्रेरी फाउण्डेसनको छैठौ बार्षिक साधारण सभा अध्यक्ष कपिल देव थापाको अध्यक्षता र प्रमुख संरक्षक एबम एनआरएन आइसीसी लाइब्रेरी टास्क फोर्स चिफ कोअर्डिनेटर नरेश कोइरालाको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भयो।

साधारण सभाले वार्षिक तथा आर्थिक, प्रतिबेदन पारित गरेको छ । सो कार्यसमितिको संयोजकमा न्युजिलैंडका चक्रबहादुर थापा र सहसंयोजकमा नेपाल बिमा संस्थानका अध्यक्ष समेत रहनु भएको छ ।

गंगाराम कँडेल (आयरलैंड) समेत रहेको २२ देश समेटिने गरि २२ सदस्यीय अन्तरराष्ट्रीय समिति बिस्तार गरेको छ।

शिक्षाको बिकासको लागि सबैलाई लाइब्रेरीको महत्व बुझाउँदै देशको दुरदराजसम्म पनि लाइब्रेरीको बिस्तार गर्ने उदेश्यले स्थापित यस फाउन्डेशनको सो साधारण सभामा संस्थाका संरक्षक, सल्लाहकार, आजीवन सदस्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।