४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार ०३:४६

काठमाडौं । स्वास्थ्यमा राम्रो सुधार आएपछि आईसीयूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार छिटै डिस्चार्ज गर्ने तयारी गरिएको हो । सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि गत मंगलबार ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ उहाँको आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीलाई संक्रमण हुन सक्ने जोखिम रहेकाले आईसीयूमै राखिएको छ ।