६ बैशाख २०८१, बिहीबार
Follow Us

पदक तालिकामा भारतको अग्रता

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार ०४:०३

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुदमा पाँचौं दिन पदक तालिकामा भारतले अग्रता लिएको छ । हिजो बुधबारसम्म नेपालले २९ स्वर्ण पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बिहीबार विहानदेखि नै भारतले एउटै पटक स्वर्णमा छलाङ मारेर पदक तालिकामा शीर्षस्थानमा पुग्यो ।

विहीबार बिहान १० बजेसम्ममा भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्यसहित ७० पदक जितेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपालसँग २९ स्वर्ण, १५ रजत र २५ कास्यसहित ६९ पदक जितेको छ । आज तेक्वान्दोका ६ वटा इभेन्ट हुँदैछन् । उक्त छ वटा इभेन्टमा नेपालले धेरै स्वर्ण पदक जित्ने सम्भावना छ ।

तेस्रो स्थानमा पाकिस्तान उक्लेको छ । उसले ९ स्वर्ण, १८ रजत र १८ वटै कास्यसहित ४५ पदक जितेको छ । चौथो चरणमा श्रीलंका छ । श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ कास्यसहित ६९ पदक जितेको छ । बंगलादेशले ४ स्वर्ण, ७ रजत र २६ कास्यसहित ३७ पदक जितेको छ । माल्दिभ्सले १ स्वर्ण र २ कास्यसहित ३ पदक जितेको छ भने भुटानले ४ वटा कास्य पदक मात्र जितेको छ ।