१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालका लागि बेलायती पहिलो महिला राजदूत

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७६, बिहीबार ०५:२०

काठमाडौं । नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी छन्।

नेपाल र बेलायतबीच दुई सय वर्षअघि दौत्य सम्बन्ध स्थापना भएको थियो। दुई सय वर्षको अवधिमा बेलायतबाट राजदूत बनेर नेपाल आएकी निकोला पहिलो महिला हुन्।

निकोला सन् २०१७ देखि ०१८ सम्म पूर्वी युरोप र मध्यएसिया निर्देशनालयमा अतिरिक्त निर्देशक थिइन्। त्यसअघि उनी सोमालिया कन्फ्रेरेन्सकी संयोजक थिइन्। सन् २०१४ देखि २०१६ सम्म उनले बेलायती प्रधानमन्त्रीको सहायक निजी सचिवका रूपमा काम गरेकी थिइन्।


राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि निकोलाले नेपालीमै ट्वीट गरेकी छन्। उनले लेखेकी छन्- सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु। दुई सय बर्षको कूटनीतिक सम्बन्धमा नेपालका लागl पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महशुस गरेको छु।