१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

sarusaru
१९ मंसिर २०७६, बिहीबार ०५:४४

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ ।

बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे ।

यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले २–२ गोल गर्दा कल्पना वलीले एक गोल गरिन् ।
अनलाइनखबर