१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् स्वर्ण, स्वर्णको संख्या ३०

sarusaru
१९ मंसिर २०७६, बिहीबार ०६:२३

काठमाडौँ — १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । उनी उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् ।

यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रोभइन्।