१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी

sarusaru
१९ मंसिर २०७६, बिहीबार ०७:१८

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

‘प्रधानमन्त्रीको पेटको घाउँ सुक्खा हँुदै गएको छ, अब सामान्य रूपमा हिँड्न सक्नुहुन्छ’ एक चिकित्सकले भने । ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकको भनाइ छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएको छ ।

अस्पतालका निर्देशक डा. उत्तमकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यहोरा जानकारी गराइन्छ ।’

चिकित्सकहरूले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा ठीक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी थालिने बताएका छन् । ओलीलाई मिर्गौला दिन दुईजनालाई तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार उनीहरू ओलीका भान्जा भान्जी हुन् ।
नयाँपत्रिका