१४ बैशाख २०८१, शुक्रबार
Follow Us

के गर्दैछन् अमेरिकामा राप्रपा अध्यक्ष कमल थापा

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार ०७:०७

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तराष्ट्रिय सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी हुनुहुन्छ । सम्मेलनको क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो ।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनाका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन आदि विषयमा विचारविमर्श हुने बताइएको छ । वासिङ्गटन डिसीमा आजै आइडियु अध्यक्ष हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ ।

भेटका अवसरमा उहाँहरुबीच विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

यसैबीच अध्यक्ष थापा र एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्सबीच पनि आजै शिष्टाचार भेट भएको छ । सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहेको जनाइएको छ ।