१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदमा छलफल सकिएपछि महाअभियोग प्रस्ताव समितिमा

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार ०७:०४

काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले छानविनका क्रममा अभियोग लागेका व्यक्तिको घर र कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ । समितिको आजको बैठकले खानतलासी गर्न सक्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको हो । पारित कार्यविधिमा अभियोग लागेका व्यक्तिलाई पहिलो र दोस्रो पटक सात–सात दिनको म्याद दिएर सनाखतका लागि बोलाइने छ । सो अवधिमा उपस्थित नभए अभियोग स्वतः प्रमाणित हुने व्यवस्था छ । आरोपितलाई सफाईको मौका दिने, आवश्यक परे बयान लिने र बकपत्र गराउनेलगायत अधिकार कार्यविधिमा समेटिएको छ । संसदको पूर्ण बैठकमा सैद्धान्तिक छलफल सकिएपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा आउने छ । समितिले कार्यविधिअनुसार अनुसन्धान गरी महाअभियोग लाग्ने÷नलाग्ने निरक्र्यौल गरी संसदलाई सिफारिस गर्ने छ ।