१५ चैत्र २०८०, बिहीबार
Follow Us

न्याय परिषद्का सदस्य वैदिकद्वारा राजीनामा

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार ०९:२१

काठमाडौं । न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले पदबाट राजीनामा दिएका छन् । सदस्य वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेश गरेका छन् । वैदिकले नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहाय (क) बमोजिम मिति २०७६।८।१८ गते न्याय परिषद्को सदस्य पदबाट लिखित राजीनामा दिएका हुन् । उक्त राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइने चर्चा चलेको छ ।