१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गौरिकाले दिलाइन् नेपाललाई स्वर्ण

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७६, बिहीबार १३:४०

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । यसपालिको संस्करणमा नेपालका लागि पौडीमा याे पहिलो पदक हो उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पूरा गरिन्।

यसैगरी पुरुषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाकामेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १.४८ मिनेटमा निर्धारित दूरी पार गरे।