१३ बैशाख २०८१, बिहीबार
Follow Us

सागको इतिहासमै नेपाललाई सबैभन्दा बढी स्वर्ण

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७६, बिहीबार १५:२८

काठमाडौं । नेपालका लागि १३औं साग सबैभन्दा सफल साग बनेको छ । बिहीबार ३६ स्वर्ण जितेसँगै नेपालले सागमा सर्वाधिक स्वर्ण जितेको किर्तिमान कायम गरेको हो । यसअघि नेपालले सन् १९९९ मा काठमाडौँमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो ।

बिहीबार नेपालले साइक्लिङ, पौडी, तेक्वान्दो, उसु र भारत्तोलनमा पदक जितेको हो । साइक्लिङका बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले स्वर्ण जितेका हुन् । त्यसैगरी तेक्वान्दो ८७ केजी मुनी तौल समूहमा भुपेन श्रेष्ठ, भारत्तोलनको ५७ केजी मुनी महिला समूहमा सञ्जु चौधरी र उसुको नानछ्वान अल राउन्डमा निमा घर्तीमगरले स्वर्ण दिलाएका हुन् ।

नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, पौडी, भारत्तोलन र साइक्लिङमा स्वर्ण पदक जितेका छन् । नेपाल ३५ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

भारत ५८ स्वर्ण, ४१ रजत र १९ कास्य सहित ११८ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा छ । श्रीलंका १६ स्वर्ण, ३१ कास्य र ५२ रजतसहित कूल ९९ पदक जितेर तेस्रो स्थानमा छ । त्यसैगरी, पाकिस्तानले १२, बंगलादेशले ४ र माल्दिभ्सले एक स्वर्ण प्राप्त गरेको छ । भुटानले भने अहिलेसम्म स्वर्ण पदक प्राप्त गर्न सकेको छैन् ।