६ बैशाख २०८१, बिहीबार
Follow Us

एमबीबीएस र बिडिएसको परीक्षा अन्योलमा

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार ०४:१०

काठमाडौं । नीजि मेडिकल कलेजले लिएको अवैद्य शुक्ल फिर्ताका लागि सरकार र कलेज सञ्चालकहरुका बीचमा सहमति बन्यो । तर सो सहमतिप्रति आपत्ती जनाएका आन्दोलनरत विद्यार्थीहरुले एमबीबीएस र बिडिएसको परिक्षा बहिष्कार गरेको छन् । विद्यार्थीले परिक्षा बहीस्कार गरेपछी एम बि बि एस र विडीएसको परिक्षा अन्योलमा परेको छ ।

देशैभरि हिजो बिहीबारबाट सुरु भएको चिकित्सा शिक्षा संकायको एमबीबीएस र बिडिएसको परिक्षा चितवन मेडीकल कलेज, युनीर्भसल मेडीकल कलेज र गण्डकी मेडीकल कलेजका विद्यार्थीले बहिष्कार गरेका छन् । उनीहरुले विद्यार्थीको मागलाई वेवास्ता गर्दै सरकारले मेडिकलेज सञ्चालकहरुसंग सहमति गरेको आरोप लगाउदै आएका छन् । आफ्ना माग पुरा नभएसम्म परिक्षामा सामेल नहुने विद्यार्थीको भनाई छ ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीले हिजो परिक्षा सुरु भएको १ घण्टा नवित्दै प्रश्न पत्र च्यातेर बाहीएका थिए । परिक्षा बहीस्कार गरेसंगै एमबीबीएस र बिडिएसको परिक्षा अन्योलमा परेको हो । तर यता परिक्षा नियन्त्रण कार्यालयले विद्यार्थीले परिक्षा बहिस्कार गरे पनि अहिलेको अवस्थामा परिक्षा स्थगीत नहुने बताएको छ ।

विद्यार्थीले परिक्षा बहीस्कार गर्ने विश्वविद्यालयले आफ्को कार्यतालीका अनुसार नै परिक्षा संचालन गर्ने अडान अनि विगत लामो समयदेखिको मेडीकल कलेज संचालक र सरकारको जुहारीले हजारौ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।