१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल भ्रमण वर्ष भ्रव्य रुपमा मनाउन हङकङमा उच्चस्तरिय समिति

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७६, शुक्रबार ०४:१०

नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा रहेका नेपाली संघसंस्थाहरु जुटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको छ ।

उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको छ ।

नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ । त्यस्तै सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ रहेको प्रबद्र्धन समितिको सदस्यसचिव समेत रहेकी गैरआवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ(टिका)ले जानकारी दिएकी छन् ।

प्रबद्र्धन समितिले कार्यक्रममा सबैको सक्रिय सहभागिताका लागि नेपाली संघसंस्था तथा नेपाली समुदायहरुलाई आग्रह गरेको छ ।