१३ बैशाख २०८१, बिहीबार
Follow Us

१३ औं साग : आज ४२ स्वर्ण पदकको छिनोफानो हुने

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार ०४:२४

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शुक्रबार ४२ स्वर्णको टुंगो लाग्दैछ । एथ्लेटिक्समा आठ, गल्फमा चार, साइक्लिङमा दुई, सुटिङमा दुई, पौडीमा आठ तथा भारत्तोलनमा चार स्वर्णको आज टुंगो लाग्दैछ । यस्तै ब्याडमिन्टनमा पाँच , टेबलटेनिसमा दुई, फेन्सिङमा तीन तथा रेशलिङमा चार स्वर्ण गरी ४२ स्वर्णको टुंगो लाग्दै छ ।

अहिलेसम्म भारतले ६२ स्वर्ण, ४१ रजत र २१ कास्यसहित १२४ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कास्यसहित १०१ पदक जितेको छ । तेस्रो स्थानमा श्रीलंका छ । उसले १७ स्वर्ण, ३५ रजत र ५५ कास्यसहित १०७ पदक जितेको छ । पाकिस्तानले १५ स्वर्ण बंगलादेशले ४ स्वर्ण मालदिभ्सले १ स्वर्ण पदक जितेका छन् ।

आज हुने प्रतिस्पर्धामा भारत र श्रीलंका हाबी हुने देखिएको छ । एथलेटिक्समा श्रीलंका र अन्य खेलमा भारत हाबी हुने खेल विश्लेषकहरुले बताएका छन् । यस्तै नेपालले साइकिलिङ, पौडी र भारोत्तलनमा स्वर्ण पदक जित्ने सम्भावना रहेको छ ।