१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्न्टओकमा नेपाली कक्षा

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार ०८:०५

उत्तर पश्चिम लण्डनको बर्न्टओकमा नेपाली समुदायका बालबालिकाहरुकालागि नेपाली भाषा सिकाउने कक्षा शुरु गरिएको छ।

गत शनिबार स्थानीय वाटलिङ कम्युनिटी सेन्टरमा आयोजित समारोहमा बर्न्टओक नेपाली समाजका उपाध्यक्ष टेकमान गुरुङले विदेशमा जन्म‌िएका र पढिरहेका बालबालिकाहरुलाई नेपाल चिनाउन र नेपालसंग जोडन नेपाली भाषा सिकाउने काम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो।

नेपाली भाषा कक्षाका संयोजक बसन्त सिलवालले हरेक शनिबार झण्डै दुईघन्टा सन्चालन गरिने कक्षामा नेपाली भाषाका अतिरिक्त नेपाली संगीत, नृत्य र नेपाल चिनाउने सामग्रीहरु पनि प्रस्तुत गरिने बताउनुभयो। उहाँले साना बालबालिकाहरुकालागि योग तथा ध्यान सिकाउनुका साथै उनीहरुको समग् व्यक्तित्व विकासमा सघाउन पनि आफुहरुले प्रयास गर्ने बताउनुभयो।

समाजका महासचिव मोहनजङ्ग गुरुङले समाजले यसअघि पनि बालबालिकाहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गरेकेा तर विविध कारणले त्यसलाई निरन्तरता दिन नसकेको बताउनुभयो। उहाँले नेपाली भाषा कक्षा सन्चालन गर्न सघाउन सबै स्वयम्सेवीहरुलाई धन्यवाद पनि दिनुभयो।

सो अवसरमा बर्न्टओक तथा वरिपरि बस्ने झण्डै १५ जना बालबालिका तथा अभिभावकहरुको उपस्थिति थियो।
thumbnail_img_6958

thumbnail_img_6959