१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्लोबल आइएमई र जनता बैंक मर्ज

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार ०७:५४

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएर आजबाट विधिवत रुपमा कारोबार सुरु गरेका छन् । दुई बैंक गाभिए पनि बैंकको नाम चाँही ग्लोबल आइएमई बैंक नै राखिएको छ । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बैंक मात्रै समृद्धि भएर मुलुक समृद्धि नहुने भन्दै व्यवसायी र निक्षेपकर्ता सबै समृद्धि भए मात्रै मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।

अर्थमन्त्री खतिवडाले नेपालका बैंकहरुलाई विदेशी लगानी ल्याउन आग्रह गरेका छन् । उनले भने ‘२०६५/०६६ सालतिर ५ अर्ब रुपैयाँमा खोज्नु पर्दा धेरै बैंकहरु जम्मा गर्नुपर्ने थियो । अहिले एउटै बैंकको पुँजी २० अर्बको हाराहारीमा पुगेको छ । अब १०-१२ अर्ब लगानीगर्न कुनै समस्या पर्दैन । अब नेपाली बैंकहरुले नेपाली मात्रै हैन विदेशी लगानी पनि भित्र्याउनु ।’

उनले अघि थपे, ‘दुई बैंक मिलेर ठूलो बैंक बन्नु भएको छ । हाम्रो पुँजी यति रहेको छ भनेर आफ्नो पुँजीलाई देखाएर विदेशबाट पनि लगानी ल्याउनु । अहिले हामीलाई आन्तरिक भन्दा पनि बाह्य लगानीको निकै आवश्यक रहेको छ ।’

ग्लोबल आइएमई बैंकले विगत १३ वर्ष अघी वितीय कारोबार सुरु गरेको थियो भने जनता बैंकले १० वर्षदेखि वितीय कारोबार गदै आएको थियो । दुई बैंक गाभिएपछि वाणिज्य बैंक मध्येको सबैभन्दा बढी लगानी भएको बैंक भएको छ ।