१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाललाई गल्फमा पहिलोपटक स्वर्ण

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार ०७:५८

काठमाडौं । नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ । आज गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन् । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।