१५ बैशाख २०८१, शनिबार
Follow Us

१३ औं साग : नेपाललाई ४१ स्वर्ण पदक

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७६, शुक्रबार १४:३२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले हालसम्म ४१ स्वर्ण पदक जितेको छ । बिहीवारसम्म ३६ स्वर्ण पदक जितेको नेपालले आज थप पाँच स्वर्ण जितेर पदक संख्या ४१ पु-याएको हो । नेपालले आज गल्फमा दुई, दौड, पौडी र भारोत्तोलनमा एक–एक स्वर्ण प्राप्त गरेको छ । ७० वटा स्वर्ण पदक जितेर भारत पदक तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ । आज गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन ।

यसैगरी गौरिका सिंहले पौडीमा अर्को स्वर्ण प्राप्त गरेकी छिन् । बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी गौरिकाले शुक्रबार दुई सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जितेकी छिन् ।

यसैगरी एथलेटिक्स अन्र्तगत पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । खेलमा निर्धारित दुरी १४ मिनेट चौउन्न दशमलब दुई शुन्य सेकेण्डमा पूरा गर्दैै गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण दिलाएका हुन् । भारतका सुनिल दवारलाई एक सेकेण्डले पछि पार्दै पार्कीले स्वर्ण हात पारेका हुन् ।

यसैगरी नेपाली भारोत्तोलन खेलाडी विकास थापाले ८९ केजी समूहमा स्वर्ण जितेका छन्् । उनले कूल २ सय ६९ केजी भार उठाए । यही तौल समूहमा रजत बंगलादेशले जित्यो भने पाकिस्तानका खेलाडी घाइते भएकाले कास्य पदक कसैले पाएन । योसँगै १३औँ सागको एथलेटिक्समा नेपालको स्वर्ण संख्या दुई पुगेको छ । यसअघि सन्तोषी श्रेष्ठले महिला दश हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन ।