७ बैशाख २०८१, शुक्रबार
Follow Us

१३ औं साग : आज १८ खेलमा प्रतिस्पर्धा हुँदै, नेपालले स्वर्ण थप्ने

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७६, शनिबार ०३:१५

काठमाडौं । १३ औं सागमा आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आज सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा १८ खेलमा प्रतिस्पर्धा हुनेछ । आर्चरी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, साइक्लिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, बक्सिङ, फेन्सीङ, स्क्वास र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, आर्चरी, ह्यान्डबल र बिच भलिबल, पोखरामा हुँदैछ भने कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साढे एक बजे हुनेछ ।

यस्तै साँझ साढे पाँच बजे हुने अर्को खेलमा श्रीलंकासँग भुटानले प्रतिस्पर्धा गर्ने छ । महिलातर्फको फुटबल नेपाल र भारतबीच दिउँसो ४ बजे पोखरा रंगशालामा हुनेछ । पुरुष क्रिकेटमा नेपालले बंगलादेशको यू–२३ टिमको सामना गर्नेछ ।

टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । यस्तै ११ बजे सुरु हुने स्पर्धामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्न लागेको हो ।

त्यसैगरी बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ । आजको खेलमा नेपालले केही स्वर्ण थप्नेछ ।