१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सागमा आज १८ खेल हुँदै, क्रिकेटमा नेपाल र बंगालदेश तथा फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै

sarusaru
२१ मंसिर २०७६, शनिबार ०३:३२

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को सातौँ दिन अर्थात् आज (शनिबार) १८ वटा खेलहरु हुँदैछन्।

काठमाडौँ, पोखरा र जनकपुरमा आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन, फेन्सिङ र एथ्लेटिक्सअन्तर्गत म्याराथन खेल हुँदै छन् ।

आज क्रिकेटमा नेपाल र बंगालदेशको यु–२३ टिमबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै दिउँसो एक बजे त्रिपुरेश्वरस्थित रङ्गशालामा नेपाल र माल्दिभ्सबीच फुटबल खेल हुँदै छ।

नेपाली महिला फुटबल टिम र भारतीय महिला टिमबीच दिउँसो ४ बजे पोखरा रङ्गशालामा खेल हुँदै छ ।

यो खेल नेपाल र भारतबीचको समूह चरणकै महिला फुटबल भएपनि दुवै टिम एक खेलअगावै फाइनल पुगिसकेकाले जित्नु र हार्नुले कुनै प्रभाव पार्ने छैन ।

डिसी नेपाल