१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्रको पोलिट्व्यूरो बैठक

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १२:११

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज बस्दैछ । राजधानीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको मिति तय गर्ने बताइएको छ । पार्टी एकतापछि महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गर्ने घोषणा गरेको थियो । पोलिट्व्युरो बैठकले नेता वर्षमान पुन नेतृत्वको कार्यदलले तयार गरेको पार्टी संगठन सम्बन्धी प्रस्ताव पनि छलफलसहित पारित गर्ने तयारी गरेको छ । प्रतिवेदनमा पार्टीको महाधिवेशनपछिको सांगठनिक संरचना लगायत विषय समेटिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव पनि गरिएको छ ।

बैठकमा समसामायिक राजनीतिका बारेमा समेत छलफल हुने बताइएको छ । सहमतीय सरकार गठनका लागि पहल गर्ने यसअघिको निर्णय अनुसार अन्य दलसंग भएका वार्ता तथा छलफलबारे अध्यक्ष पुष्पकमल दाहालले बैठकमा बिफ्रिङ गर्ने बताइएको छ ।