१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको उड्डयन क्षेत्र सुरक्षित र भरपर्दो बनाउन सरकार प्रतिवद्ध : मन्त्री भट्टराई

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७६, शनिबार ११:२७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शुन्य सहनशिलताको नीति लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका आवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तर सम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्री भट्टराईले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्याङ्कनमा राम्रो सुधार गरिएको बताए ।

मन्त्री भट्टराईले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने समेत बताए उनले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गरे । सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने मन्त्री भट्टराईको भनाइ छ ।