६ बैशाख २०८१, बिहीबार
Follow Us

यसरी बन्दैंछ बालुवाटारमा एनआरएनको भब्य भवन

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार ०९:५५

काठमाण्डौं । गैरआवासीय नेपाली सँघ (एनआरएनए) को केन्द्रिय कार्यालय भवन निमार्णको काम शुरु भएको छ । करिब ११ करोडको लागतमा निमार्ण हुने सो भवन निमार्णको जिम्मा रविन कन्ट्रक्सन लिमिटेडले लिएको गैरआवासीय नेपाली सँघले जनाएको छ ।

कम्पनीले पहिलो चरणको काम आगामी अक्टोवर महिना सम्म सक्ने लक्ष लिएको छ । सो भवन निमार्णका लागि विदेशस्थित गैरआवासीय नेपालीहरुले करिब १९ करोड दिने घोषणा गरेता पनि हाल सम्म जम्मा ९ करोड रुपैयाँ मात्र संघको खातामा जम्मा भएको छ । यसअघि संघले १३ करोड रुपैयाँको लगानीमा बालुवाटारमा जग्गा किनेको थियो ।
thumbnail_nrna-building-site-2

तत्तकालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको सो भवन निमार्ण कार्य ढिलाइ हुदाँ बिभिन्न शंकाउपसंका उत्पन्न भएका थिए । संघले भवन निमार्णका लागि सहयोग घोषणा गरेको बिभिन्न राष्ट्रिय समिति तथा सहयोगदातालाई सहयोग रकम तत्तकाल केन्द्रमा जम्मा गर्न आग्रह गरेको छ ।

एनआरएन भवनको रकम जम्मा गर्न बाँकी सहयोगदाता