१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इटहरीको एक रेष्टुरेन्टमा गएराति भीषण आगलागी, करोडौंको क्षति

sarusaru
२२ मंसिर २०७६, आईतवार ०२:५७

इटहरी । सुनसरीको इटहरीस्थित सुर्य कम्प्लेक्समा रहेको बिग वार रेष्टुरेन्टमा गए राति भीषण आगलागी भएको छ । व्यापारिक कम्प्लेक्सको चौथो तलामा रहेको रेष्टुरेन्टमा रातको साढे १२ बजे अकस्मात आगलागी हुँदा रेष्टुरेन्ट पुर्ण रूपमा जलेर ध्वस्त भएको छ ।

किरण बुढाथोकीको स्वामित्वमा रहेको रेष्टुरेन्टमा आगलागी हुुँदा २ करोड ५० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मध्यरातमा भएको आगलागी नियन्त्रणका लागि सुनसरी, मोरङ्ग, झापा र सप्तरीका विभिन्न स्थानबाट आएका नौ वटा वारूणयन्त्र परिचालित भएका थिए ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, अग्नि नियन्त्रक टोलिका साथै स्थानीय बासिन्दाको सक्रियतामा झण्डै चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

सो व्यापारिक कम्प्लेक्सका अन्य तलाहरूमा ग्लोवल आईएमई बैंक लगायत अन्य वित्तीय संस्थाका साथै एक दर्जनभन्दा बढि व्यवसायिक फर्महरू रहेका छन् । सयममै आगो नियन्त्रणको काम सुरु भएकाले विग रेष्टुरेन्ट रहेको कम्प्लेक्सको चौथो तलाबाट आगो अन्यत्र विस्तार भने हुन पाएन ।