१३ बैशाख २०८१, बिहीबार
Follow Us

१३ औं साग : आज १५ खेल हुँदै, सबैको चासो फुटबलमा

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७६, आईतवार ०४:१२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १५ वटा खेल हुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । रंगशालामा अपरान्ह साढे ५ बजे खेल शुरु हुनेछ । पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् । ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेल हुँदैछन् ।

१३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारतले अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ४३ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन ।