८ बैशाख २०८१, शनिबार
Follow Us

निर्मलाकी आमा न्याय खोज्दै भौतारिँदै गाउँ गाउँमा (भिडियोसहित)

sarusaru
२२ मंसिर २०७६, आईतवार ११:३७

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको करिब डेढ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
यसै घटनालाई आधार बनाएर गायिका अञ्जु गौतमले आमाको पीडा नामक गन्धर्व गीत बजारमा ल्याएकी छिन् । गीतमा आफ्नै टोल छिमेकमा चेलहिरु हिँड्न डराउनुपर्ने छोरीको आत्मा शान्तिको लागि न्याय खोज्दै हिँडेकी निर्मलाकी आमाको व्यथा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा स्वर अञ्जु गौतम , अभिनय दिपक शर्मा तथा अञ्जु गौतमको रहेको छ भने निर्देशन पनि दीपक शर्माकै रहेको छ । अञ्जु गौतमको अफिसियल युटुव च्यानलमार्फत आइतबार सार्वजनिक भएको गीतको सम्पादन ताराकान्त बि.क.ले गरेका छन् भने छायाङ्कन राहुल राईले गरेका छन् ।