१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नागरिकता विधेयक अलपत्र

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार ०३:१९

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि संविधानले व्यवस्था गरे अनुसारको नागरिकता प्राप्ती सम्बन्धी कानुन बन्न सकेको छैन् । नागरिकता वितरण सम्बन्धी संवैधानिक व्यवस्था अनुरुप कानुन निर्माणका लागि बनेको नागरिकता विधेयक संसदीय समितिमा अलपत्र छ ।

नयाँ संविधानको व्यवस्था अनुसार नागरिकता पाउने आशामा रहेका योग्य नागरिक भने अझै नागरिकता पाउनबाट बञ्चित हुनुपरेको छ । सरकारले एक वर्ष पाँच महिना अघि संसदमा दर्ता गराएको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था समितिमा अलपत्र अवस्थामा छ ।

मुख्यगरी वैवाहिक अंगीकृत नागरिकतासहित विधेयकका मुख्य विषयमा सहमति जुट्न नसक्दा २०७५ साल साउन २२ गते दर्ता भएको विधेयक अझै पारित हुन सकेको छैन् ।