१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रियसभाको चुनाव माघ ७ गते

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार ०३:२७

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाई सदस्यको निर्वाचन तयारी अघि बढाएको छ । संसद् सचिवालयले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिन लागेकाले निर्वाचन प्रक्रिया अघि बढाउन पत्राचार गरेलगत्तै आयोगले तयारी अघि बढाएको हो ।

सोही क्रममा आयोगले आज प्रमुख दलका नेतासँग परामर्श गर्दैछ । रिक्त हुनुभन्दा ४४ दिनअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था भएकाले आयोग तयारीमा जुटेको हो । दलका नेतासँगको परामर्शपछि आयोगले सरकारलाई निर्वाचन मिति प्रस्ताव गर्नेछ । एक तिहाई राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ७ गते गर्ने तयारी आयोगको छ ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचित र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनित हुने व्यवस्था छ । रिक्त हुने १९ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई, खुलातर्फ सात र मनोनितबाट एकजनाको पद छन् ।