१५ चैत्र २०८०, बिहीबार
Follow Us

भोलि मंगलबार काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी मात्र चल्ने

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार १०:१४

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मंगलबार १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापनका समारोहलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गरेको छ । सो क्रममा ट्राफिक व्यवस्थापनलाई ‘चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित’ बनाउन भन्दै महाशाखाले जोर नम्बरका सवारी साधन मात्र चलाउन र सकेसम्म दशरथ रंगशाला वरिपरिको रूट प्रयोग नगर्न सर्वसाधारअनुरोध गरेको छ । साथै सो दिन कमभन्दा कम मात्र सवारी चलाउन र मालबाहक सवारी साधनहरूलाइ रिङरोडभित्र प्रवेश नगर्न समेत अनुरोध गरिएको छ ।