१५ चैत्र २०८०, बिहीबार
Follow Us

साग महिला फुटबल : नेपाल भारतसँग २-० ले पराजित

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार १०:१६

पोखरा । १३ औं सागको महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपालको महिला टोली दुई शुन्य गोल अन्तरले पराजित भएको हो । भारतको जितमा दुवै गोल बाला देवीले गरिन् ।

पराजयसँगै साग महिला फुटवलमा स्वर्ण जित्ने नेपालको प्रयास असफल भएको छ । फाइनलमा भारतसँग पराजित भएसँगै नेपाली टोली रजतमा खुम्चिएको हो ।

नेपाली टोली तेस्रो पटक अन्र्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएको हो । यसअघि नेपाली टोली विराटनगरमा भएको साफ च्याम्पियनसिपमा भारतसँग र भुवनेश्वरमा भएको हिरो गोल्डकपमा म्यानमारसँग फाइनलमा पनि पराजित भएको थियो ।