१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जुडोमा पुनमलाई स्वर्ण

sarusaru
२३ मंसिर २०७६, सोमबार ११:३२

काठमाडौँ — १३ औँ साग अन्तर्गत ७८ केजी मुनिको जुडो स्पर्धामा पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

जारी सागमा जुडोमा जितेको नेपालको यो दोस्रो स्वर्ण हो । अघिल्लो दिनदेविका खड्काले ५७ केजी मुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।