१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विधान संशोधन गरेर नेकपामा वामदेवलाई उपाध्यक्ष बनाइदै

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७६, सोमबार १५:४५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ ।अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने प्रस्ताव स्थायी समितिको बैठकमा लैजाने निर्णय गरेको हो ।

यस्तै, पार्टीको कार्यदिशा पनि वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर जाने बनाउने तयारीसमेत गरिएको जनाइएको छ । बैठकले यही मंसिर २९ गतेदेखि स्थायी समिति बैठक गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन सात दिनभित्र प्रस्ताव पेस गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको उनले बताए । बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन अनिवार्यरुपमा पठाउने पाँच दिनको समय थप गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएनन् । उपचारपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् ।