१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालले जित्यो मिस वर्ल्डको ‘हेड टू हेड च्यालेन्ज’


२३ मंसिर २०७६, सोमबार १६:५८

हेड टू हेडको उत्कृष्ट १० को लागि भोली इन्डोनेसियासँग भिड्दै

लन्डन : मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको पहिलो चरणमा मिस नेपाल अनुष्का श्रेष्ठले आफनो समूहबाट जित्न सफल हुनुभएको छ । यो जितसँगै भोली हेड टू हेड च्यालेन्जको दोस्रो चरण नेपालले ले इन्डोनेसियासँग भिड्नेछ । हेड टू हेटको टप २० मा पुग्न सफल अनुष्काले भोली हेड टू हेडको उत्कृष्ट १० को लागि प्रतिस्पर्धा गर्न लाग्नुभएको हो राउन्ट टू अर्थात दोस्रो चरणमा १० जना छनौट भएर उत्कृष्ट ४० छानीनेछ छ । अनुष्काले पहिलो चरण पार गर्नुभएसँगै सबैमा धन्यवाद ब्यक्त गर्नुभएको छ ।

अनुष्काले मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको अझै आवश्यक पर्ने भन्दै ६ दिनको अवधिमा भोट गरि सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ । मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।