१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाललाई ४९ स्वर्ण ( विजेताको सूची)

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७६, मंगलवार ०२:४७

नेपालको ५० स्वर्ण जित्ने लक्ष्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले सोमबार चार स्वर्ण थपेको छ । ४९ स्वर्ण जितेर नेपाल ५० स्वर्ण जित्ने लक्ष्यको नजिक पुगेको छ ।

स्वर्ण जित्ने सम्भावना रहेका खेलहरु बाँकी रहेकाले नेपाल लक्ष्य भेट्ने निश्चितप्रायः अवस्थामा पुगेको हो । यसपटकको सागमा नेपालले दोस्रो स्थान हासिल गर्ने पक्का भएको छ । दुई दशक अघि काठमाडौंमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा पनि नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।

नेपालले चार स्वर्ण बक्सिङ, पौडी र जुडोबाट थपेको हो । पौडीको एक सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले सानदार प्रदर्शन गर्दै स्वर्ण जितिन् ।

बक्सिङमा भूपेन्द्र थापा मगर र मिनु गुरुङले स्वर्ण जिते । २० वर्षपछि नेपालले सागको बक्सिङतर्फ स्वर्ण जित्यो । भूपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जतेका हुन् । महिला बक्सिङको ५४ केजी तौल समूहमा मिनुले स्वर्ण दिलाएकी हुन् ।

जुडोमा पुनम श्रेष्ठले स्वर्ण जितिन् । ७८ केजी तौल समूहमा उनले स्वर्ण जितेकी हुन् ।

सागमा सोमबारसम्म भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ काँस्य जितेर प्रथम स्थान पक्का गरेको छ । नेपालले ४९ स्वर्ण ५४ रजत र ९२ काँस्यसहित दोस्रो स्थान पक्का गरेको छ । श्रीलंकाको ३९ स्वर्ण, ७९ रजत र ११८ काँस्य रहेको छ ।

पाकिस्तानको ३२ स्वर्ण, ३७ रजत र ५५ काँस्य रहेको छ । बँगलादेशको १९ स्वर्ण, ३२ रजत र ८१ काँस्य रहेको छ । मालदिभ्सको एक स्वर्ण र तीन काँस्य रहेको छ । भुटानको ६ रजत र १३ काँस्य रहेको छ ।

तेक्वान्दो
गोविन्द आले (पुम्से ५८ केजी)
कमल श्रेष्ठ (पुरुष एकल)
आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
काजल श्रेष्ठ (४६ केजी महिला)
संगिता बस्याल (६२ केजी महिला)
सक्षम कार्की (८७ केजी पुरुष)
भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

कराँते
मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
लक्ष्मण तामाङ (५४ केजी)
निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
कुसुम खड्का (४५ केजी कुमुते)
अनु अधिकारी (५० केजी कुमुते)
नविन रसाइली (६७ केजी पुरुष कुमिते)
सुनिता महर्जन (६७ केजी महिला कुमिते)

उसु
विजय सिञ्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दिपक हमाल (थाउलो नानगुन)
विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
जुनी राई (महिला ५६ केजी )
निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

जुडो
देविका खड्का (महिला ४५ केजी जुडो)
पुनम श्रेष्ठ (महिला ७८ केजी)

साइकलिङ
निष्मा श्रेष्ठ (महिला डाउनहिल)
राजेश मगर (पुरुष डाउनहिल)
बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)


पौडी

गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)
गौरिका सिंह (महिला ४०० मिटर फ्रिस्टाइल)
गौरिका सिंह (महिला १०० मिटर फ्रिस्टाइल)

एथलेटिक्स
सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)
गोपी चन्द पार्की (पुरुष ५००० मिटर )
किरण सिंह बोगटी (म्याराथन)

बक्सिङ
भूपेन्द्र थापा मगर (पुरुष ६४ केजी)
मिनु गुरुङ (महिला ५४ केजी)

ट्रायथलन
सोनिका गुरुङ (महिला)
दुवाथोलन
हिमाल टमाटा
भारोत्तोलन
सन्जु चौधरी (महिला ५९ केजी)
विकास थापा (८९ केजी समूह)

कुस्ती
संगिता धामी (महिला ५५ केजी)

गल्फ
सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)