१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१३ औं साग समापन समारोहलाई प्रधानमन्त्रीद्वारा बालुवाटारबाटै सम्बोधन गर्ने, विशेष सम्वोधन भोलि बुधबार

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७६, मंगलवार ०४:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई आज भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नुहुने भएको छ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।

सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुनेछ । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उहाँले भन्नुभयो । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ । उहाँले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताउनुभयो ।