१३ बैशाख २०८१, बिहीबार
Follow Us

सागको टिकट लिन जानेलाई प्रहरीको दुर्व्यवहार

sarusaru
२४ मंसिर २०७६, मंगलवार ०६:४८

काठमाडौं : दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेकूदको समापन कार्यक्रम हेर्नका लागि टिकट काट्न गएका सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको छ । यसै क्रममा एक पत्रकारलाई पनि प्रहरीले कुटपिट गरेको छ।

सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरिरहेको फोटो खिच्न खोज्दा नागरिकका पत्रकार सुमन चापागाईलाई पनि प्रहरीले कुटपिट गरेको हो।

टिकट लिने ठाउँमा भीडभाड थियो । टिकट लिन आएकाहरुलाई प्रहरीले दुर्व्यवहार गरेको देखेर पत्रकार चापागाईले सम्झाउन खोजेका थिए । प्रहरीले कुटपिट जारी राखे। त्यसपछि फोटो खिच्न लागेका बेला आफूलाई कुटपिट गरेको चापागाईले बताए ।
अन्नपूर्ण पोष्ट