८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा नेपालले राष्ट्रवादी तेश्रो धार समात्ने

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७३, शुक्रबार १३:५४

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै आगामी १४ महिनाभित्र तीन वटा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि मधेसको जायज मागलाई सरकारले सम्बोधन गरेर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो । मधेसलाई बाहिर राखेर मुलुकको समस्या समाधान नहुँने र निर्वाचन पनि सम्भव नरहेको थापाको भनाइ थियो ।

नेपालमा प्रदेशको संरचना अनुसन्धानका आधारमा वैज्ञानिकतवरले निर्माण नगरिएको बताउँदै थापाले काँग्रेस, एमाले तथा माओवादीले भोटका आधारमा राज्य विभाजन गरेको आरोप लगाउनुभयो । उहाँले राप्रपा नेपालले अब देशको राष्ट्रवादी तेस्रो धारको नेतृत्व गर्ने बताउनुभयो ।