७ बैशाख २०८१, शुक्रबार
Follow Us

मिस वर्ल्ड: अनुष्का श्रेष्ठ उत्कृष्ठ ४० स्थानमा प्रवेश गर्न सफल


२४ मंसिर २०७६, मंगलवार १८:४७

लन्डन । नेपालले मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण पनि जित्न सफल भएको छ । हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो, जसमा नेपालकी अनुष्का श्रेष्ठले जित हात पार्नुभएको हो ।

हेड टू हेड च्यालेन्जको उत्कृष्ट १० मा छनौट हुँदै मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट हुनुभएको छ । यो जितसँगै अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्नको लागि बाटो खुल्ला भएको छ । जसको लागि लाईक र शेयरको अझै आवश्यक पर्ने भन्दै अनुष्काले भोट गरि सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ । मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।